एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : आम निर्वाचन पछि सुस्त जस्तै देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समिति सम्म पुग्ने तयारीमा जुटेको छ । जनकपुरधाममा पार्टीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी संगठनको समिक्षा र सुधार आर स्क्वायर अभियान अन्तर्गत वडाको बुथ समिति सम्म पुग्ने अभियान थालेको बताए ।
पार्टीका नेताहरु पालिका त्यसको वडा र वडाको बुथ समिति सम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसरे संगठनको समिक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष सोनलले पार्टीले गर्न लागेको काम र ध्यानाकर्षण सम्बन्धनमा बुदाँगत रुपमा प्रकाश पारे :
महोतरीको बर्दिवासमा सोमवार बसेको प्रदेशको विस्तारित बैठकबाट केन्द्रिय समिति सिघ्र विस्तार गर्ने निर्णयमा पुगेको छ ।
नागरिकता ऐन लागु भएर जन्मसिद्वका सन्तानले नागरिकता पाउनु खुसीको विषय भएपनि आमाको नाममा नागरिकता पाउन अझै झन्झट र अवरोध रहेको विषयमा छिट्टै सो नियमावली जारी गरि सो समस्या समाधानका लागि पनि सरकार संग मांग गरेको छ ।
प्रहरी समायोजन/समन्वय ऐन प्रमाणीकरण भएपनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर र लाचार देखिएर संघियता माथी नै प्रश्न चिन्ह उब्जेकाले संविधानले सुनिश्चित गरेको सो ऐन कार्यान्वयनका लागि लोसपा मांग गर्दछ ।
सुख्खा र बाढी बाट प्रताडित मधेशको समस्या समाधानका लागि स्थाई प्रकृतीको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोबासलाको नियमन गरिनु पर्दछ यस्का लागि तिनै तहको सरकार मिलेर चुरे र मधेश बचाउने अभियान चलाउनु आवश्यक छ ।
पिउने पानीको सतह दिनानुदिन घटदै गएर मधेशमा सुद्व खानेपानीको समस्या विकराल हुदै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तिनै तहको सरकार मिलेर समाधानको काम गर्न आवश्यक छ ।
मिटर ब्याज सम्बन्धि कानुन कानुनका रुपमा नभई त्यस कानुनको आडमा भइरहेको अस्तव्यस्तता र प्रशासनिक हस्तक्षेपका कारण धेरै जनता पिडित भइरहेकाले विधि र कानुन अनुसारनै कुनै पनि कानुन कार्यान्वयन गर्न मांग गर्दछ ।
गौर हत्याको घटना सम्बन्धमा तत्काल पार्टीको कुनै एक धारणा नरहेको र पार्टी पाँच दलिय गठन्धनमा रहेकाले गठबन्धनको निर्णय नै आधिकारिक र पार्टीको लाइन रहेको छ ।
पार्टी चलाउन उमेरले फरक पार्दैन, पार्टी अध्यक्ष ठाकुरको मधेश प्रतिको दृष्टिकोण, उर्जा र क्षमतामा कमि नदेखिएकाले ठाकुरकै नेतृत्वमा पार्टी शसक्त रुपमा अगाडि बढ्ने जानकारी गराइन्छ ।