एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : नेपाल ईटा उद्योग महासंघको नयाँ मधेश कार्यसमिति चयन भएको छ । जनकपुरधाममा भएको महासंघको प्रदेश स्तरीय प्रथम अधिवेशन तथा साधारणसभाले विक्रम साहको नेतृत्वमा १२ सदस्सीय महासंघको मधेश समिति सर्वसम्मत गठन गरिएको छ ।
महासंघ मधेश समितिको वरिष्ठ उपाध्यक्षमा नवल किशोर साह, उपाध्यक्षमा संजय चौधरी, महासचिवमा अशोक कुमार जयसवाल र कोषाध्यक्षमा रामबाबु पञ्जियार चयन भएका छन् । प्रदेशका अन्य जिल्लाहरुबाट सदस्य सहित नयाँ कार्यसमिति चयन भएको हो ।
समुदघाटन समारोहमा बोल्दै ईटा व्यवसायीहरुले ईटा उद्योग बचाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । सभामा बोल्नेहरु ईटा व्यवसायीहरुले देशकै बेरोजगारी समस्या समाधान गर्नमा अहम् भूमिका निर्वाह गर्ने ईटा उद्योगलाई बचाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने तर्क गरे ।
उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले हरेक विकास निर्माणमा ईटा प्रयोगमा जोड दिनुपर्ने माग समेत गरे । कार्यक्रममा उपस्थित ईटा व्यवसायीहरुले देशमा सबभन्दा ठूलो मिटरब्याजी बैंकहरु रहेको आरोप लगाए । कार्यक्रममा नेपाल ईटा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शंकर बहादुर चन्दले श्रमिकहरुको रोजगार बचाउन तथा उद्योगलाई जिवन्त हामीहरु सम्पति हालेर बैंकबाट कर्जा लिइन्छौं ।
तर सरकारले इजाजत नलिंदा आफूहरु सामान किन्न नसकेर व्यवसाय गर्न पाइरहेको छैनौं । यस्तो अवस्थामा सहुलियत दिनुपर्नेमा सामन्ती बैकले २५ प्रतिशत ब्याज लिएर सम्पति लिलाम गर्ने धम्की गर्छन । ब्याज तिर्न नसकेर ईटा उद्योग व्यवसाय बच्नु त परै जाओस उठीबासको अवस्था आइसकेको दुखेसो पोखे ।
उनले भने बैंकहरु भन्छन घाटामा गइरहेको छ । तर पछिल्लो असार मसान्तमा बैकहरूले २५ प्रतिशतसम्म कमायो । सरकारले बैंकहरुलाई घाटाको नाममा विभिन्न सुविधा दिए तर देशकै बेरोजगारी समस्या समाधान गर्न आफू आफ्नो सम्पति राखेर लिएको कर्जामा मैसमी व्यवसायीका कारण ब्याज तिर्न नसक्दा घरमै आएर बैंकहरुले धम्की दिएपनि कुनै सहुलियत दिएको छैन ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल ईटा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष महेन्द्र बहादुर चित्रकारले ईटा उद्योग व्यवसाय धारासायी हुदै जानुमा ईटा उद्योग व्यवसायी आफै, सरकार र अस्वस्थ्य प्रतिष्पर्धा सहितका प्रमुख तीन कारण रहेको बताए ।
उनले भने ईटा उद्योग व्यवसायलाई फस्टाउन उद्योगी व्यवसायीले ईटाको आकारमा एकरुपता दिन, सरकारले सहुलियत कर्जाको व्यवस्था तथा सहज हुने खालका कानून निर्माण गर्नुपर्ने र दररेटमा रहेको अस्वस्थ्य प्रतिष्पर्धालाई अन्त्य गर्नुपर्ने आवश्यकता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले आफ्नो मन्त्रालयबाट हुने हरेक विकास निर्माणको कार्यमा ईटाको प्रयोग बढीभन्दा गर्ने प्रतिबद्धता जनाए । साथै उनले सहुलियत कर्जा बारे संघ सरकार समक्ष कुरा राख्ने प्रतिबद्धतासमेत जनाए ।
नेपाल ईटा उद्योग महासंघ मधेश प्रदेशका संयोजक विनय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय तहको प्रमुख पदमा जितेका ईटा उद्योगी व्यवसायीहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।