एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्ण प्रसाद सिटौलाले देशै भरि स्थानिय नेता कार्यक्रताको मत बुझदा अहिलेको अवस्थामा वर्तमान संविधान माथी नै खतरा रहेको बताएका छन् ।
जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधीको भुमिका विषयक कार्यक्रमका क्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानिय नेताहरुको मत बुझदा आफनै पार्टीका जनप्रतिनिधीहरु समेत संविधान कार्यान्वयन गर्न पनि नचाहेको सहितका गुनासोहरु सुनिएकाले आफुलाइ चिन्ता लागेको उनले बताए ।
उनले अहिले सम्म ति प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कहरुको आधारमा संविधान प्रति जनताको वितृष्णा फैलिदै गएको पनि बताए । संविधान कार्यान्वयनका लागि बन्नु पर्ने मुख्य कानुनहरु समेत बन्न नसक्दा प्रदेश सरकार अधिकार विहिन भएर काम गर्न नसकेपछि निरिह जस्तै हुँदा जनताले प्रदेश सरकार मात्र नभई संविधाननै उचित नरहेको भ्रममा पर्न थालेको उनको चिन्ता छ ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारी समेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो अदायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढन आग्रह् गरे ।
कार्यक्रममा मधेश सहित देशभरिकै पार्टीका जिल्ला सभापतीहरु, संघिय र प्रदेश सांसदहरु, नेविसंघ, महिलासंघका जिल्ला तथा प्रदेशका अगुवाह्रुको बाक्लो उपस्थिती थियो ।