एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : प्रजातन्त्र/लोकतन्त्र र संघिय गणतन्त्रका साथै जनहितमा अहिले सम्म भएका विभिन्न जनआन्दोलनहरुमा आफनो सक्रिय भुमिका निर्वाह गरेका एकजना निडर व्यक्तित्व राजेश्वर नेपालीले जिवनको अन्तिम यात्रा मंगलवार तय गरे ।
सोमवार साँझ ८ बजेर ५ मिनेट जाँदा अन्तिम साँस लिएका नेपाली एक महान पत्रकार मात्र होइन, साहित्यकार, हिन्दी भाषाका प्रखर अभियानी, प्रजातान्त्रिक र लोकतान्त्रिक विचारधाराका प्रखर वक्ता पनि थिए । कसैसंग कुनै नडर नमानी आफनो विचार धारा प्रभावरुपमा राख्ने शैलीका कारण मात्र उनी चर्चित थिएनन देशका कुन घटना कहिले कति बजे को संग भएको हो भन्ने कुरा मुहजवानी भन्न सक्ने क्षमताका उनलाई ईन्साइक्लोपिडिया पनि भनिन्थ्यो ।

उनको अन्तेष्टीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, एमाले सचिव रघुविर महासेठ, मधेश सरकारका अधिकांश मन्त्रीहरु सहभागिता जनाए भने उनले स्थापना गरेको नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ देखि विभिन्न प्रेस जगतका संस्था, संघ संगठन, नेपाली कांग्रेसका पुर्व उपसभापती तथा उपप्रधानमन्त्री विमलेन्द्र निधी सहितका विशिष्ठ व्यक्तित्वहरुले शोक सन्देश जारी गर्दै नेपालीको योगदान, व्यक्तित्वको चर्चाका साथै श्रद्धाञ्जली अर्पण गरेका छन् ।


तस्वीरमा प्रस्तुत छ परिवारजनसंगको उनको अन्तिम दिन, शवयात्रा र बिदाईका क्षणहरु












