एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : सप्तरीबाट प्रत्यक्ष र लोकप्रिय मतका साथ निर्वाचित एक प्रदेश सांसद नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रदेश समितिमा सदस्यमा बसेका छन् । शनिवार सुनिल महासेठको अध्यक्षतामा गठन भएको क्यानको नयाँ मधेश प्रादेश समितिमा जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित प्रदेशका माननिय सतिश कुमार सिंह सदस्य बनेका छन् ।
सपथ ग्रहण समारोहमा वाँकी सदस्यहरु क्यानको जर्सीमा सपथ ग्रहण गरिरहँदा उनी माननियको लोगो सहित पृथक पोशाकमा सपथ ग्रहण गरिरहेको दृश्य पनि पृथक नै देखिन्छ । एकजना पुर्व खेलाडी भन्छन, ‘उहाँ त जनताबाट जितेर माननिय भएको मान्छे प्रदेशसभा, सम्बन्धित संसदिय समिति र सरकारबाटै पनि क्यान र खेलकुदका लागि धेरै गर्न सक्ने क्षमता भएको पदमा हुनुहुन्छ, खै किन सदस्य बन्नु भो ? ।’
यसलाई सकारात्मक पनि लिन सकिने भन्दै उनले भने, ‘उहाँको आवद्वता क्यानको हितमा मात्रै होइन क्यानको सफलता र असफलता दुवैमा अव उहाँको विशेष जिम्मेवारी र दायित्व पनि अध्यक्ष भन्दा बढि हुने छ ।’ कतिपयले भने उनी पुर्व सदस्य समेत रहेको र यो गैर नाफामुलक, सेवामुलक संस्था भएकाले सदस्य हुदाँ अन्यथा लिन नहुने बताए ।
सांसद सिंहले एसपीखवरलाई यसबारे भने, ‘प्राटोकलले पनि खासै सम्बन्ध राख्दैन, म क्यानको आजिवन सदस्य पनि हो, पदाधिकारीमा पनि मलाई आग्रह गरिएकै हो, समय अभावको हिसावले म आफै सदस्य भएको हुँ । भारतिय क्रिकेट काउन्सिलमा ठुल ठुला नेताहरुको आवद्वता स्मरण गराउदै उनले अन्यथा लिन नहुने बताए । कतिपयले भने सत्तारुढ दलको प्रत्यक्ष निर्वाचित प्रदेश सांसद नै संस्थाहरुको सदस्य पदमा पनि यसरी जाँदा अन्यथा जाने टिप्पनी गर्छन ।