एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : धरानमा गरिएको “गाई हत्यामा“ संलग्नलाई कारवाहीको सट्टा निषेधाज्ञा जारी गरि हिन्दुत्व दबाउन खोजेको भन्दै पर्साको वीरगंजमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्व प्रर्दशन भएको छ । वीरगंजमा गृहमन्त्री सहभागि कार्यक्रम स्थल बाहिर हिन्दू युवाहरूद्वारा विरोध प्रदर्शन हुँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
धरानमा राष्ट्रिय जनावर समेत रहेको गाईगोरु काटेर भोज गरि खुल्लेआम समाजिक सञ्जालमा भोजको प्रचार हुँदा समेत गौ माताको रक्षाका लागि सरकार अग्रसरता नदेखाएर शंकाष्पद र हिन्दत्व विरोधी काम गरिरहेको भन्दै युवाहरु गृहमन्त्री सहभागि कार्यक्रम स्थल घेराउ गर्न पुगेको बताइएको छ ।
केहि दिन अगाडि बिरगंज स्थित गहवामाई मन्दिरको वार्षिकोत्सवको अवसरमा त्याहाँ भव्य शोभायात्रा निकालिएको थियो । विरगंजमा हिन्दुत्वको रक्षाका लागि विभिन्न गतिविधी बाक्लिदै गएको छ ।