एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : नेकपा एकिकृत समाजवादी पार्टीको शुभेच्छुक संगठन समाजवादी प्रेस संगठन नेपालले आफनो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै छ । सोहि अवसरमा संगठनको धनुषा र मधेश प्रदेश समितिले जनकपुरधाममा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाइरहेको छ ।
विहान ८ बजे जानकी मन्दिरबाट रेल्वे स्टेशन सम्म प्रभातफेरीको आयोजना गरेको संगठनले जानकी वृद्वाश्रम, कविर बाल आश्रममा फलफुल तथा खाद्यान्न वितरण गरेको छ । संगठनका मधेश अध्यक्ष प्रविण साहले जनकपुरधाम स्थित संगठनको कार्यालयमा साँझ केक काटेर वार्षिकोत्सव मनाइने पनि बताए ।

वृद्वाश्रम र बालआश्रममा सहयोग गर्न पुगेका नेकपा एसका नेता तथा मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले संगठनलाई शुभकामना दिदै लोकतन्त्र, समाजवाद र उपलब्धी रक्षाको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । मन्त्री न्यौपानेले वृद्वाश्रमको अवलोकन गर्दै व्यक्तिगत दश हजार तत्कालै सहयोग गरे ।

प्रभातफेरी पश्चात रेल्वे स्टेशनमा भएको कोणसभालाई नेकपा एस जनकपुरधाम क्षेत्रीय संयोजक सरोज चौधरी, संगठनका मधेश अध्यक्ष साह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, संगठनका धनुषा अध्यक्ष अकुल साह, पत्रकार ओम प्रकाश साह सहितकाले सम्बोधन गरेका थिए ।
