एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : मधेश प्रदेशको धनुषा र सिरहाका विभिन्न स्थानिय तहमा शारीरिक अपाङ्गता पर्नुस्थापना परियोजना सञ्चालनमा आएको छ । बुधवार जनकपुरधाममा सो परियोजनाको शुभारम्भ गरिएको छ । परियोजनाका सञ्चालक विकलाङ्ग मित्र समुह / अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र (एचआरडिसी) संस्थाको आयोजना, जनकपुरधाम उपमहानगरपालिका, लाईफ नेपालको समन्वय, सहकार्य तथा विभिन्न दातृसंस्थाको साझेदारीमा आयोजित परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै वक्ताहरुले फरक क्षमता भएकाहरुको पुर्नस्थापनाको सबै भन्दा बढी दायित्वबोध स्थानिय सरकारको हुनुपर्ने बताएका छन् ।
केन्द्रको प्रतिवेदन अनुसार परियोजना अहिले सम्म पुगेको देशका चारजिल्लाहरु बागमतीको काभ्रेपलाञ्चोक, लुम्बिनीको वाँके र मधेशको धनुषा तथा सिरहामा गरि कुल १८ हजार २ सय ५३ शारिरिक अपाङ्गता भएका व्यक्तिहरु रहेको छ । परियोजना धनुषाको जनकपुरधाम, मिथिला विहारी र औरही गरि तिन पालिका र सिरहाको लहान, गोलबजार र कल्याणपुर गरि तिन पालिकामा साउन देखि सञ्चालनमा आएको हो । धनुषामा लाईफ नेपालले परियोजना सञ्चालन गर्नेछ ।
२०७५ साल देखि देशमा परियोजना सुरु भएको हो । परियोजनाबाट आर्थिक रुपमा विपन्न परिवारका शारिरिक अपाङ्गता भएका व्यक्तिहरु सहित चारजिल्लाका कुल ४३ सय २० जना प्रत्यक्ष लाभाम्वित हुनेछ । कार्यक्रममा जिसस धनुषाका प्रमुख, उपप्रमुख, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. रामनरेश पण्डित, पालिकाका प्रमुख र उपप्रमुखहरु सहितकाले आ आफनो धारणा राखेका थिए ।