एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : जनकपुरधामका साधु सन्तहरुले नेपालमा माँता मानेर पुज्यनिय गाई र गोरुको हत्या गर्ने हत्यारालाई कानुन बमोजिम कडा कारवाही नगरिए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् । तुल्सीदास जयन्तीको अवसरमा जनकपुरधामको बाह्रबिघ्घा अगाडिको तुल्सी स्मारक मन्दिरमा आयोजित तुल्सी जयन्ती समारोहको अवसरमा भेला भएका साधुसन्तहरुले नेपाल अझै पनि संख्याको हिसावले सनातनी हिन्दुहरुको देश भएकाले अन्याय सहेर नबस्ने चेतावनी दिएका हुन् ।
जयन्तीको अवसरमा शोभायात्रा निकाल्नु अघि स्मारकका अगुवा समेत रहेका जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले सम्बोधन गर्दै भने, ‘नेपालको विभिन्न ठाँउमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरुप गाँईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरुलाई कानुनी कारवाहीको लागि मांग गर्दछु ।’ हिन्दुहरु केहि गर्न सक्दैन भनेर नबुझन र नसोच्न पनि साधुसन्तहरुको चेतावनी दिए ।
तुलसी दासको जन्मजयन्तीको अवसरमा तुल्सी स्मारक मन्दिरमा विशेष पुजापाठ, झाँकी, भजन किर्तन भइरहेको छ भने मन्दिरको नयाँ भवनको समेत समुदघाटन गरिएको छ । मन्दिरबाट झाँकी बैण्डपार्टी सहित साधुसन्तहरुले शोभायात्रा निकाल्दै सनातन हिन्दुधर्मको जय र जय सियारामको नारा लगाएका थिए ।
को हुन तुलसी दास ?
सर्वप्रिय साधक र हिन्दु दर्शनका पूर्नब्याख्याकार अनि धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसी दास ( सन १५३२ देखि १६२३), जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ । उनी बिशेषत: भगवान श्री राम प्रतिको सर्मपण अनि उन्का खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी यस जगमा प्रसिद्घ छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसी दासले यो जगत छाडेर गएका लगभग ४५० बर्ष भइसके पनि बिभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिधापीठहरुमा तुलसी दासको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा सम्म लिइन्छ र अझै पनि उन्ले लेखेका हनुमान चालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरिनै अर्चना गरिने, गाइने अनि जप्ने गरिन्छ । आफ्नो जिवनको अधिकाशं काल तुलसीदासले वाराणसी अर्थात वनारसमा विताएका हुन् । बनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भम रहेका र जन्मदानै १२ वटा दाँत भएका थिए रे भन्ने कथाहरु आजसम्म पनि सुनिन्छ । जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले बरु रामको नाम लिएका थिए रे र त्यसैकारणले उनको नाम रम्बोला रहन गएको भनि तुलसी आँफैले बिनायपत्रिकामा लेखेका छन् ।