एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हठीपुर बस्ने मनिक लाल महराले कृतिम खुट्टा पाएपछि राहत महशुस गरेका छन् । वैदेशिक रोजगारको शिलशिलामा भारतमा रेलको लिकमा चिप्लेर दुबै खुट्टा गुमाएको विपन्न परिवारका महरालाई धेरै अप्ठयारो भएपछि उनलाई जनमत पार्टीका नेताहरुले सहयोग गरेका छन् ।
महरालाई जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेसी संघका महासचिव डा. श्यामबाबू महतो र जनमत पार्टी मधेस प्रदेश सदस्य रामपुकार यादवले आफनो पहलमा आफ्नै निजि सहयोगवाट धनुषाको लालगढ अस्पतालमा दुबै खुट्टा लगाई सम्पुर्ण अस्पताल खर्च सहयोग गरेका छन् ।
सोमवार अस्पतालबाट महरालाई डिस्चार्ज गराएर गाँउ हठिपुर स्थित प्रसिद्व र आकर्षणको केन्द्र बनेको स्थानिय शिव मन्दिरमा पुजापाठ गराई महरालाई घर पुरयाउँदा महराको मुहारमा हाँसो थियो । उनी घाइते भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।