एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : जनकपुरधाम उद्योग बाणिज्य संघले मारवाडी समुदाय विरुद्व गलत अभिव्यक्ति दिएर भ्रम फैलाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई कडा कारवाही गर्न मांग गरेका छन् । देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुरयाइरहेका मारवाडी समुदायलाई लक्ष्ति गरि गलत भ्रम फैलाउने अभिव्यक्ती प्रसाँइले दिएको संघको अरोप छ ।
देश भरि छरिएर बसेका र व्यवसायका साथै समाजसेवामा समेत सहभागि हुने मारवाडी समुदायले अर्थ तन्त्र तहसनहस पारेको भन्ने व्यक्तिगत कटुता पुर्वक आएको अभिव्यक्तीले समुदायलाईको नै मारमर्दनको काम भएकाले प्रसाँइ उपर कारवाही गर्न समेत संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहद्वारा जारी विज्ञप्तीमा मांग गरेको छ ।
हेर्नोस संघको विज्ञप्ती
