एसपी खवर
काठमाण्डौं , वैशाख २० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने औपाचारिक निर्णय भएको स्रोतले बतायो ।
एता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
साथै कार्यकारी अध्यक्ष प्रचण्डलाई ओलीले आफनो समान हैसियतमा राखेर विवाद समाधान गर्ने प्रत्यन गरेका छन् । यस अघि फलोरमा आफु मात्र बस्ने गरेका ओली अव प्रचण्डलाई आफु छेउमै फलोरमा कुर्सीको व्यवस्थापन गरि समान हैसियत दिएको स्पष्ट पारेका हुन ।