एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : बुधवार जनकपुुरधामका करिव एक दर्जन ब्युटिसियन र होटल व्यवसायीको एउटै पिडा सुनियो । उनीहरुबाट न्युनतम १० हजार देखि अधिकतम ८ लाख सम्म रकम असुलेर सिमरजित सिंह र कविता प्रसाँइ भन्ने व्यक्ति फरार भएका रहेछन् ।
उनीहरुले जनकपुरधामको भ्रमरपुराचौक स्थित बिरयानी हाउसमा पत्रकारहरुलाई बोलाएर पत्रकार सम्मेलन गर्दै अफनो पिडा सुनाउदा स्वयम बिरयानी हाउसका सञ्चालक रघुनाथ पण्डितको समेत आठलाख रुपैया ठगेर सिंह र प्रसाँइ सम्पर्क विहिन भएको आरोप छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघकी उपाध्यक्ष र जिन्नी ब्युटि पार्लरकी सञ्चालिका दिपिका राय पनि ति व्यक्तिहरुबाट ठगिएकी छिन् । पत्रकार सम्मेलनमा उपस्थित उनले जनकपुरधामको नाममा बल्याकमेल गरेर दुवैजनाले जनकपुरधामबाट कम्तिमा ३० देखि ३५ लाख सम्म असुल गरेर भागेको बताइन ।

‘एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने जस्मा जनकपुरधामको हरेक विषय वस्तु, पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थान सहितका विवरण हुने र सोहि पुस्तकमा यहाँहरुको पार्लर र होटलको विज्ञापन पनि प्रकाशन हुने भन्दै उनीहरुले पैसा असुलेको उनले बताइन् । उनले आफनो पार्लरको बिज्ञापन प्रथम पेजमै राखिदिने भन्दै ४० हजार दिएको बिल पनि देखाईन ।

लुमिनस ब्युटिपार्लरकी गिता पौडेलले त झन उनीहरुलाई सापटी सहित १ लाख १० हजार सम्म दिइन् । पौडेलले जनकपुरधाम पुग्ने आगन्तुकका लागि सो किताव अति महत्वपुर्ण हुने र त्यसमा यहाँको विज्ञापन राख्दा फाइदै फाइदा हुने र पछि स्थानिय एक महिला पत्रकारको सम्पादनमा सोहि विषयगत पत्रिका पनि प्रकाशन गर्ने सुनाएपछि सापटी पनि दिएको बताईन ।

दुई तिन दिन अगाडि सम्म प्रसाँई सम्पर्कमै थिइन तर अन्तिम दिन तपाईहरुलाई जे लाग्छ गर्नेस सिमरजित संग मेरा भेटघाट पनि छैन भन्दै पन्छिन खोजेपछि आफुहरु ठगिएको उनीहरुले चाल पाइन । सिंह र प्रसाँईको टिकटकमा भिडियो संगैको देखिएको र नेपालगञ्जमा पनि उनीहरुले धेरैलाई ठग्ने काम अझै गरिरहेका खवर आफुहरुलाई नेपालगञ्जबाट आएको आठ लाख ठगिएका पिडित होटल सञ्चालक पण्डितले बताए ।

पिडितहरु आफुहरु न्यायका लागि कानुनी उपचार खोज्ने समेत बताएका छन् । प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवैजनाले सिमरन, सुन्दरम, मधु, बन्दना र श्रृङ्गार ब्युटिपार्लरहरुबाट क्रमश १४, १४, १०, १४ र १२ हजार रुपैया असुल गरेका छन् भने पण्डित संग सम्झौता करारनामा बनाएर पैसा असुलेको देखिन्छ ।