एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : गणेश साहको अध्यक्षतामा नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ धनुषा जिल्ला कमिटि गठन भएको छ । धुनषाको क्षिरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगरमा आयोजित प्रथम जिल्ला अधिवेशनले साहको नेतृत्वमा ३१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।
कमिटिको उपाध्यक्षमा सकल किशोर पजियार र सुर्यनाथ यादव, सचिवमा रामकुमार चौधरी, उपसचिवहरुमा चन्दन किशोर साह र विहारी यादव चयन भएका छन् भने एक उपाध्यक्ष मिथिला नगरपालिका र कोषाध्यक्ष महिलाका लागि तत्काल खाली राखिएको छ ।
त्यसैगरि सदस्यहरुमा राजकुमार महासेठ, शम्भु मुखिया, अनोज यादव, रंजित साह, विरेन्द्र यादव, धर्मेन्द्र गुप्ता सहित ३१ जनाको कमिटि गठन भएको महासंघका केन्द्रिय सदस्य तथा एमाले धनुषा जिल्ला कमिटि सदस्य संजय साहले बताए । उनीहरुलाई सोहि समारोहका बिच महासंघका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्चार्ज केदार बस्नेतले सपथ ग्रहण गराएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेत सहितका वक्ताहरुले कांग्रेस तस्कार, ठग र यथास्थितीवादी व्यापारीहरुको मात्र पृष्टपोषण र संरक्षण अनि अगुवाई गर्दै आएकाले वास्तिव व्यापारी र उद्यमीको हक, अधिकार र पहुँचका लागि एमालेले यो महासंघको स्थापना गरेको बताए । कार्यक्रममा प्रदेश सांसद शारदा देवी थापा सहित एमालेका नेता कार्यक्रता र व्यवसायीहरुको उपस्थिती थियो ।