एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : केहि दिन अगाडि जानकी मन्दिर ठिक अगाडिको फुलवारीबाट तरकारीको करेसावारी हटाएका युवाहरुले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री सरोज कुमार यादवको ठुलो पोष्टर (होडिङ्ग बोर्ड) पनि च्यातेर फालिदिएको छ । मासका संयोजक सरोज मिश्र सहितका युवाहरुको समुहले मुख्यमन्त्रीको तस्वीर प्राथमिकतामा राखेर लगाइएको बोर्डले मन्दिरको महत्व र सौन्दर्यतामा आँच आएको भन्दै हटाएका छन् ।
सो बोर्ड लगाए बापत बोर्ड कम्पनी, बिचौलिया र मन्दिरका महन्थ राम्रो आम्दानी गर्ने गरेको बताइन्छ । सार्वजानिक महत्व र पर्यटन प्रर्वद्वन र जानकी मन्दिरको महत्व भन्दा मुख्यमन्त्रीको तस्वीर र पोजलाई तामझाम गरि प्रस्तुत गरिएको तस्वीर मन्दिरका लागि उपयुक्त नरहेको युवाहरुको जिकिर छ । जानकी मन्दिर भन्दा ठुलो कोहि पनि हुन नसक्ने भन्दै हटाइएको हो मिश्रले भने ।
यस अघि मन्दिरका महन्थहरु मन्दिर ठिक अगाडिको फुलवारीमा फुलको बदला आफ खानलाई तरकारी खेती गरेको देखेपछि तरकारीका बालीहरु नष्ट गर्दै सरसफाई र फुल तथा फलका विरुवाहरु रोपिएको थियो ।