एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले अख्तियारले कुनै विषयमा अनुसन्धानका लागि कागजात माग्ने वितिकै भ्रष्टाचारी र अपराधी भन्ने परिपाटीको विरोध गरेकी छिन् । म पनि पत्रकारिताबाटै आएकी हुँ आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन, ‘वडा कार्यालय संग पनि अख्तियारले आरोप लाग्दा कागजात माग्छ अनि माग्ने वितिकै कार्यालय प्रमुखलाई अपराधी र भ्रष्ट भन्न पाइन्छ ? ।’
रकमान्तर गर्नु कुनै गलत नभएको बताउदै उनले यो सरकारले परम्परागत रुपमा चलाउंदै आएको प्रक्रिया रहेको टिप्पनी गरिन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमान्तर बारे गरिरहेको अनुसन्धान बारेमा उनले भनिन, ‘रकमान्तरमा म मन्त्री दोषी होइन, यसमा स्वीकृति दिने अर्थमन्त्रालय, मुख्यमन्त्री कार्यालय, मन्त्रिपरिषद र कार्यान्वयन गर्ने कार्यालय समेत दोषी हो ।’
चालु आर्थिक वर्षमा अधिकांश योजनो बुवा तपाँई आफनो बुवा रामवृक्ष यादवको नाममा नै राख्नु भएको छ नि ? भन्ने जिज्ञासामा मन्त्री यादवले आवश्यकतामा आधारमा राखिएको बताए । रामबृक्ष मेरो बुवा मात्र नभई जनयुद्वको प्रथम शहिद र पुरा परिवारको सहादत दिइएको परिवारको अभिभावक समेत भएकाले बिपी कोइरालाको नाममा देशभरिमै अनेक प्रतिष्ठानहरु रहे जस्तै उहाँको नाममा पनि हुनुपर्ने जिकिर गरिन ।
केहि संचार माध्यममा मन्त्री यादव र उनका श्रीमानले कर्मचारीहरुसँग २० देखि ३० प्रतिशत पिसी मागेर परेशान गर्ने गरेको प्रकाशित समाचार बारे उनले आपति जनाउंदै आफू विरुद्ध पत्रकारहरु प्रयोग गरिएको बताए । उनले आफनो बारेमा बिना जानकारी यस अघि पनि सांसद र राज्यमन्त्री रहेको, उनको क्षेत्र रौतहट रहेको र त्यहाँ अनेकन रकमान्तर गरिएको झुठाकुराहरु लेखर भ्रमको खेती गरिएको उनको आक्रोस थियो । उनले आफु पहिलो पटक सांसद र मन्त्री भएको र क्षेत्र धनुषा रहेको पनि स्पष्ट पारे । नियम विपरित मन्त्रालयका कागजात बाहिर लिक गरिएको विषयमा छानविन भइरहेको समेत उनले बताइन ।