एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले जनकपुरधाम मधेशको राजधानी भइसकेकाले यहाँ पनि भारतिय राजदुतावासको महाबाणिज्यदुतावास आवश्यक रहेको बताएका छन् ।
मित्र राष्ट्र भारतको मंगलवार मनाइने ७७ औं स्वतन्त्रता दिवसको पुर्व संन्ध्यामा संघद्वारा दुई देशको मित्रता बारे जनकपुरधाममा आयोजित सोहि विषयक बिचार गोष्ठीमा बोल्दै पुर्वमन्त्री समेत रहेका यादवले भारत सरकारसंग तिनवटा मांगहरु राखेका छन् । उनको पहिलो मांग जनकपुरधाममा भारतिय दुतावासको थप एक काउन्सलर अफिस दोस्रो मांग नेपालको सवारी साधन निशुल्क र सहज रुपमा भारत प्रवेशको अवसर र तेस्रो मांग भारत सरकारले मधेश प्रदेशको प्रदेशसभा श्रृणमा नभई अनुदानमा बनाइदिनुपर्ने रहेको छ ।
यादवले भने, ‘भारतिय प्रधानमन्त्री र मुख्यमन्त्री क्रमश मोदी र योगी जीको आगमण पछि पर्यटकको चाप र आवागमणका साथै मधेशको केन्द्र समेत भइसकेकाले पनि जनकपुरधाममा भारतिय दुतावासको काउन्सलर कार्यालय आवश्यक छ ।’ भारत सरकारले भारत नेपाल मित्रतालाई थप प्रगाढ बनाउनका लागि भब्य मधेश प्रदेशको प्रदेशसभा भवन अनुदानमा बनाईदिनु पर्ने उनको तर्क छ ।
त्यस अगाडि कार्यक्रममा बोलेका नेपाल भारत मैत्री संघका संस्थापक अध्यक्ष शिवनाथ प्रसाद रौनियारले भारतले नेपालमा चामल निर्यात र सवारी साधन प्रवेशमा प्रतिवन्ध लगाएको कुरा भारतिय प्रधानमन्त्री मोदीले आफुलाई जानकारी नरहेको टिप्पनी गरेको बताउदै भारतमा नेपाली सवारी साधनको सहज प्रवेशका लागि पहल गर्न नेताहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद जंगीलाल राय, शेषनारायण यादव, अन्जना पण्डित, संघका केन्द्रिय सदस्य जिवनाथ चौधरी, पत्रकार श्यामसुन्दर शशी, संघका धनुषा अध्यक्ष बजरंग यादव र उपाध्यक्ष बिष्णुदेव साह, जगदिश महासेठ सहितका वक्ताहरुले पनि नेपाल भारत मित्रताको बर्णन गर्दै दुई देशको मित्रता विर्गान धेरै प्रयास भएपनि जनताले सम्बन्ध बचाएको बताए । भारतमा बिपी मार्ग, भट्टराई मार्ग रहेपनि नेपालले त्यो साहस देखाउन नसकेको वक्ताहरुले बताए ।
सो अवसरमा संघका संस्थापक मध्येका रौनियारलाई विशेष सम्मान गरिएको छ भने संघको धनुषा कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद संकुन्तला देवी, राजकिशोर राउत, धिरेन्द्र मोहन झा सहितको उपस्थिती थियो ।