एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।
जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ ।
सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएका मध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ ।
माओवादी संग हाल रहेको मन्त्रालयहरु समान्य प्रशासन तथा पर्यटन मध्ये एकमा साहलाई ल्याउने छलफल चलिरहेको छ । ति मन्त्रालयहरुमा माओवादीबाट क्रमश अमनलाल मोदी र सुदन किराती मन्त्री छन् ।