एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : नेपाली कांग्रेसका नेताहरुले सबै क्षेत्रको भिन्न संस्कृतीहरुको विकास र सम्वद्र्वन हुन सके नागरिक बिच भाइचारा र देश तथा प्रदेशको पनि हित हुने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघ मधेश प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित जिल्ला सभापतीहरु बिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले सबै वर्ग, समुदाय र क्षेत्रको संस्कृतीहरुको समुचित विकास गर्न सकिए देशमा विकास र समुन्नती सार्थक हुने बताए ।
![](https://spkhabar.com/wp-content/uploads/2023/08/367467156_2676856192463567_1690036407987913092_n-1024x768.jpg)
उनले नेपाली कांग्रेसले त्यसको अगुवाई गर्नुपर्ने भन्दै भने, ‘देशको, संविधानको र सरकारको पनि सफल नेतृत्व गरेर देखाएको कांग्रेस अव सबै संस्कृतीको संरक्षण र सम्वद्र्वन गरि थप अपनत्वको नेतृत्व गर्नुपर्दछ ।’ कार्यक्रममा प्रदेश सांसद तथा पुर्व मन्त्री राम सरोज यादवले मधेश प्रदेशमै अनेक संस्कृती जनताको पहिचान झल्काउने गरेकाले त्यसको संरक्षण गरेर कांग्रेस जस लिन सक्नु पर्ने बताए ।
![](https://spkhabar.com/wp-content/uploads/2023/08/366836033_2676768945805625_1444320454052459634_n-1024x768.jpg)
उपस्थित पार्टीका जिल्ला सभापतीहरुले पनि प्रदेशको हरेक क्षेत्रको जनताको संस्कृतीको संरक्षकको रुपमा कांग्रेस अगुवाई लिनुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद शेषनारायण यादव, जंगीलाल राय, प्रदेश सदस्य जिवनाथ चौधरी सहित महासंघका केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारीहरु, पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेताहरु सहितको उपस्थिती थियो ।