एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मधेश क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्ने तयारी रहेको तर बाढी आएपछि अव के गर्नु भन्दै पन्छिन खोजेका छन् । महोतरीमा आयोजित एक कार्यक्रममा सहभागिताका लागि जनकपुरधाम विमानस्थलमा आइपुगेका मन्त्री डा. भुसालले भने, ‘सुख्खा क्षेत्र घोषणाको तयारी त थियो तर बाढी आईदिएछ ।’
सुख्खाको प्रभाव र किसानको पिडा त यथावत छ नि ? भन्ने प्रश्नमा उनले नेपाल सरकार मधेश सहित देशैै भरिकाका किसानहरुको सिचाई, मलखाद्य सहितको पिडा बारे जानकार रहेको बताउदै त्यसका लागि आवश्यक तयारी भइरहेको बताए । बाढी तथा पहिरो प्रभावित कृषि क्षेत्र र किसानहरुको नोकसानी बारे बुझेर सरकार समाधान तथा राहतको काम गर्ने उनले बताए ।

फरक प्रसंगमा उनले गौर घटना र ललिता निवास प्रकरणको अनुसन्धान र छानविनले गठबन्धनमा कुनै असर नगर्ने समेत बताए । कुनै पनि घटनाको छानविन र सत्ता गठबन्धन फरक चिज भएको बताउदै उनले कुनै पार्टी वा नेता लक्षित गलत र हतारको प्रचारवाजी भने दु:खद रहेको बताए ।
एमालेको महासचिव दाबेदार घनश्याम भुसाल हाम्रो पार्टीमा आउदा विशेष हुन्न अनि हाम्रो कुनै नेता एमाले जादा ठुलो र विशेष बनाइन्छ उनले गुनासो पोखे ।