एसपी रिपोर्टर
काठमाण्डौं, साउन २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेक छन् । रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए । जनताको काम गर्न संसदमा पुगेको हामी जुन दिन संसदमा कामै गर्न सक्दैनौं त्यो दिनको सेवा सुविधा दिनु अनुपयुक्त रहेकाले संसद नचलेको दिनको सेवा सुविधा नलिने निर्णयमा पुगेको रास्वपाको निश्कर्ष छ ।
‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।