एसपी रिपोर्टर
जनकपुरधाम, साउन २५ :
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जनकपुरधामको खानेपानी समस्या हलका लागि पहल गर्न खानेपानी मन्त्रालय पुगेका छन् । नगरप्रमुख साह खानेपानी मन्त्रालय र संघिय खानेपानी विभाग पुगेर जनकपुरधामको खानेपानी समस्याको समाधानका लागि छलफल गरेका हुन् ।
उनले खानेपानी मन्त्रालयका सचिव रामआधार साहसंगको छलफलमा खानेपानीको समस्या समाधानका लागि मन्त्रालयबाटै पहल गरिदिन र यसमा जनकपुरधाम उपमहानगरको साथ रह्ने बताएका थिए । यसका साथै उनले ढल व्यवस्स्थापनका लागि समेत आग्रह गरेका थिए ।
नगरप्रमुख साहले जनकपुरधाममा थप २० किलोमिटर ढल निर्माणकालागि मन्त्रालयमा आग्रह गरेको जानकारी दिए । यसका साथै चुरेबाट जनकपुरधाममा खानेपानीको व्यवस्थापनका लागि कसरी पहल गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।