एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : गौर हत्याकाण्ड बारे पिडित संर्घष समिति संग नेपाल सरकारले पाँच बुँदे सहमती गरे संगै जसपामा हलचल मचेको छ । जसपाका शिर्षनेताहरु आन्तिरक छलफलमा जुटेको छ भने जसपा अध्यक्ष यादवले यहि विषयमा कांग्रेस सभापती शेर बहादुर देउवालाई फोन समेत गरेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।
दुई जना बिचको टेलिफोन संवादमा यादवले देउवा सो विषयमा जानकार रहे/नरहेको भन्ने विषयमा बुझन चाहेको बताइन्छ । सो काण्डमा आफना धेरै कार्यक्रता मारिएकाले सो काण्डको छानविन र दोषि उपर कारवाहीको माओवादी भित्रै मांग भएको र प्रधानमन्त्री र पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथी दबाब परेपछि सरकारले पिडितहरु संग सहमती गरेको चर्चा छ ।
आफना कार्यक्रताको विभत्स हत्या भएको घटनाको छानविन आफनै नेतृत्वको सरकारमा नभए कस्को पालामा हुने भन्ने विषय माओवादीमा चुलिएको बताइन्छ । एता यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।
एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ । जसपाका एक नेताका अनुसार छानविन र अनुसन्धानका लागि किटानी जोहरी परेका १ सय ३० जनामा जसपाका मात्र दुई दर्जन भन्दा बढि नेता कार्यक्रता रहेका छन भने कांग्रेसको पनि सोहि हाराहारीमा नेता कार्यक्रताहरु पनि यस घटनामा मुछिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको शीर्ष नेताहरुको भेटमा समेत यो विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै गरेको भेटर्वार्तामा पनि यो विषय प्रवेश पाएको चर्चा छ ।
नेताहरुका अनुसार शीर्ष नेताहरुको भेटमा संघीय संसदमा जारी अवरोध र गौर हत्याकाण्डको विषयमा सरकारले पीडितसँग गरेको सहमतिको विषयमा छलफल भएको छ ।