एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारको पहिलो सर्त सुशासन रहेको बताउदै पछिल्लो भ्रष्टाचारको घटनामा शंका नगर्न आग्रह गरेका छन् । संसदमा प्रतिपक्षी सहितका विभिन्न दलका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै संसदमा गृहमन्त्रीले भने, ‘माओवादीनै किन नहोस, तथ्य र प्रमाणमा आयो भने जान्छ जान्छ ।’
सिआइबीको फाइल पहिला गृहमन्त्रीको टेबलमा जान्थ्यो र ? प्रश्न गर्दै उनले भने, ‘साथीहरुले गर्नुभएको शंका हो, शंकाले समस्या समाधान हुदैन, तथ्य र प्रमाणले मात्र हुने हो ।’ सुन काण्डले देशको प्रतिष्ठा, क्षवी, राजश्व र अर्थतन्त्र सहित राष्ट्रिय सुरक्षा संवेदनशिलतामा गम्भिर प्रभाव पारेको बताउदै यस्ता संगठित अपराधको जडो पता लगाउन प्रहरीलाई कडा निर्देशन दिइएको बताए ।
सुशासन, समृद्धि र समाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार काम गरिरहेको बताउदै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, ठगी, कमिशनखोरीले जनता पिडित रहेको विषयमा आफु जानकार रहेको बताए । लोकतन्त्र पछि पनि जनताले न्याय पाएनन उनले थपे, ‘सुनकाण्डको दोषिलाई कानुनी दायरामा ल्याइन्छ कुनै पनि हालतमा ल्याउछौं ।’
उनले सुनकाण्ड घटनाको पर्नावृती भइरहेको रहस्य र नेपाललाई बनाइदै गरेको आखाडा प्रति सरकार सचेत रहेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र प्रणालीको रिभिउ हुने समेत बताए । उनले ३३ किलो सुन काण्डमा हत्या सम्मको श्रृंखला भएको स्मरण गर्दै सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर नै राजश्व अनुसन्धानले सिनामंगलबाटै सुन पक्राउ गरेको बताए ।
उनले आफुलाई काम गर्न दिन र गर्न नसके मात्र अर्को विकल्पमा सोच्ने प्रतिवद्वता जनाएका छन् । ३५ दिन सिआइबीको अनुसन्धानको प्रतिक्षा गर्न उनले आग्रह गरे । मधेशलाई सुख्खाक्षेत्र घोषणा गरेर राहत र समाधानका लागि तयारी गरिरहेको उनले बताए ।