एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : धनुषाको एक खोलामा आएको बाढीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–२ स्थित बसही खोलामा आएको बाढीमा डुबेर मिथिला नगरपालिका–१ आनन्दपुरका अन्दाजी १७ वर्षीय अजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले घटना विहान करिव ११ बजे भएको पुष्टी गरेको छ ।
मंगलबार बिहान शौच गर्न खोला किनारमा पुगेका यादव चिप्लेर खोलामा डुबेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।