एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ :
जनकपुरधाममा आँखा पाक्ने रोगको संक्रमण भयावह रुप लिन थालेपछि उपमहानगरपालिकाले स्वास्थ्य चौकीहरूलाई औषधी उपलब्ध गराएको छ ।
सोमबार जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले नगरका स्वास्थ्य चौकीहरूलाई औषधी हस्तान्तरण गरेका हुन् । पहिलो चरणमा उपमहानगरपालिकाले २५ वटै वडाका लागि ३५ सय डोज औषधी उपलब्ध गराएको हो । औषधी हस्तान्तरण कार्यक्रममा मेयर साहले आँखा पाक्ने रोगको संक्रमण फैलिँदै गएकाले यो रोग लाग्न नदिन सबै जागरुक हुनुपर्ने बताए ।
नगरप्रमुख साहले जनकपुरधाममा आँखा पाक्ने रोगका साथै गाईवस्तुमा लम्पी स्किन रोगको पनि प्रकोप देखिएकाले यसबाट जोगाउन आफूहरूले आवश्यक काम गर्दै आईरहेको र गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले देशका केही स्थानमा डेंगुको पनि जोखिम बढेकाले सकर्तकता अपनाउन पनि आग्रह गर्नुभयो । औषधी हस्तान्तरण कार्यक्रममा उपप्रमुख किशोरी साह, उपमहानगरका स्वास्थ्य सल्लाहकार डाक्टर नविनकुमार साह, स्वास्थ्य शाखाका दिलिप ईश्वर, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।