एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिएका कांग्रेसका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजिविकाको सवालमा गम्भिर नरहेको आरोप लगाए । जनकपुरधाममा संचारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए ।
देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छै्रनन, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरु समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथी सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।
महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानविन गरिरहेको बताए । उनले सरकारलाई जनताको जनजिविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको बताए ।
एक अर्को प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए । गठबन्धनबाट कांग्रेसले केही पाएपनि धेरै थोक गुमाएको महरको भनाई थियो ।