FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

देशभर राम–जानकी मन्दिरमा सीता उत्पत्ति दिवस जानकी नवमी मनाइदै

जानकीको माइती जनकपुरधाममा शुक्रवार पनि मनाइयो

देशभर राम–जानकी मन्दिरमा सीता उत्पत्ति दिवस जानकी नवमी मनाइदै

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २० :
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले खडेरीको अकाल परेका वेला ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएकी धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव(कुश छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपूर्ण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकि सहित दरबारमा बोलाइएको थियो ।

माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उहाँलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ । जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि माथ गर्ने खालको थियो, मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए । यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनु नै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ ।

माता जानकीको माइती जनकपुरधामका मठमन्दिरहरुमा भने मिथिला तिथि अनुसार शुक्रवार पनि नवमी परेकाले सो दिन पनि जन्मोत्सव मनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy