FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेसमा खडेरी परेकोमा उपराष्ट्रपतिदेखि मुख्यमन्त्री, नगरप्रमुखसम्मको चिन्ता

मधेसमा खडेरी परेकोमा उपराष्ट्रपतिदेखि मुख्यमन्त्री, नगरप्रमुखसम्मको चिन्ता

एसपी रिपोर्टर

जनकपुरधाम, साउन १६ :

मधेस नेपालकै अन्न भण्डारको रुपमा चिनिन्छ । यद्यपि यस वर्ष वर्षा नै नभएकाले मधेसभरी खडेरी परेको छ । नेपालकै अन्न भण्डारको रुपमा रहेको मधेसमा खडेर परेकोमा एक कार्यक्रममा उपराष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेशप्रमुख तथा नगरप्रमुखसम्मकाले चिन्ता व्यक्त गरेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको नागरिक अभिनन्दन कार्यक्रममा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । यसका साथै कृषि प्रधान देश नेपालका लागि महत्वपूर्ण रहेको गाई भैँसीमा लाग्ने लम्पी स्कीन रोग समेत चिन्ताको विषय बनेको हो ।

कार्यक्रममा उपराष्ट्रपति यादवले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नु परि रहेकाले संवेदनशील भई समस्याको निराकरण गर्न तर्फ लाग्न प्रदेश सरकारलाई आग्रह गरे ।

सोही कार्यक्रममा सहभागी प्रदेश प्रमुख हरिशंकर मिश्रले अहिले जनप्रतिनिधिहरुको प्रमुख दायित्व पानीको समस्या समाधान गर्नु रहेको बताए । मधेसमा खडेरी परेपछि खेतीपाती गर्न समस्या भएकै छ त्यसमाथी चापाकलबाट पानी आउन छोडेको छ, प्रदेश प्रमुख मिश्रले भने ‘अहिले सिंचाईको समस्या समाधान गर्न सम्भव छैन, त्यसैले प्रत्येक जनता समक्ष खानेपानी कसरी पुग्छ त्यता तर्फ लाग्नुस मुख्यमन्त्री ज्यू ।’ आफ्नो परिवार र आफ्नो समाज मात्रैलाई नभई यहाँका जनताका लागि काम गर्न उनले सबै जनप्रतिनिधिलाई आग्रह गरे ।

मुख्यमन्त्री सरोजकुमार यादवले खडेरीको समस्या र लम्पी स्कीन रोगको प्रकोप मधेसमा विकराल रुप लिई सकेकाले मधेस सरकारले सो को विकल्पमा के उपाय हुन सक्छ त्यो कार्य गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘अहिले मधेसभरी खडेरी छ, चापाकलमा पानी आईरहेको छैन, खडेरीको समयमा कसरी खेतीपाती गर्न सकिन्छ त्यसकालागि विकल्प खोजीरहेका छौँ ।’ यस्तो समयमा नदिको पानी खेत खेतसम्म पुर्याएर हुन्छ कि डीप बोरिङ्गबाट पानी तानेर हुन्छ खेतीपातीका लागि सहज वातावरणको श्रृजना गरिने प्रतिवद्धता व्यक्त गरे ।

यसका साथै मुख्यमन्त्री यादवले प्रदेशका जनताको समस्या समाधान गर्नका लागि हेलो सिएम फोन नम्बर संचालनमा ल्याउन लागेको समेत जानकारी दिए ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको उर्वर भूमिमा समेत खडेरीका कारण धान रोपाईँ हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले यो नगरलाई सुख्खा क्षेत्र घोषणा गरी विशेष राहतको व्यवस्था गर्न सरकारसंग माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy