एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेको छ । सोमवार मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायात मन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेको हो ।
मुख्यमन्त्रीको उपस्थितीमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त दुवै मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्रीले जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् । स्वतन्त्र चुनाव जितेर समाजिक विकास मन्त्री बन्न जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागि हुँदा बिना बिभागीय बनाइएकी थिइन् ।
त्यसै गरि आजै नियुक्त हुने भनिएको श्रम तथा यातायात राज्यमन्त्रीमा जनमतकी रञ्जु खंग खत्वे नियुक्त हुन सकेन । प्राविधिक कामहरु हुन नसकेको र लोसपालाई पनि एक राज्यमन्त्री दिनुपर्ने भएकाले एकैपटक नियुक्त गरिने स्रोतको भनाई छ । गृह तथा सञ्चार मन्त्री समिम आजै पदभार समेत ग्रहण गरेका छन् । उनलाई बधाई दिन सप्तरीबाट लामो नेता कार्यक्रता, मुस्लिम समुदायका अगुवा र पत्रकारहरुको समुह मधेश भवन जनकपुरधाम आएका छन् ।