एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजार भन्दा बढि गाईबस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । खडेरीको चपेटामा परेको मधेश प्रदेशको आठवटै जिल्लामा यस रोगका कारण गाईबस्तुको व्यापक क्षती भएपछि किसान मर्कामा परेका छन् ।
लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजार भन्दा बढि गाईबस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । मधेश प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार सिरहामा सबै भन्दा बढी ११ सय १८ गाई,भैसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबै भन्दा कम दुई पशुको मृत्यु सहित मधेश प्रदेशमा हाल सम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भइसकेको छ ।

लम्पी स्किनका कारण सबै भन्दा बढि गाई/गोरुको मृत्यु भएको देखिन्छ । मृत्यु भएको २ हजार २५ पशुमा भैसी/राँगा मात्र छ छन भन्ने २ हजार १९ वटा गाई/गोरुको मात्र मृत्यु भएको छ । मधेश प्रदेशका आठवटै जिल्लाहरुमा हाल सम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाई सकिएको समेत पशु अधिकृत चिकित्सक डा. रञ्जित कुमार अधिकारीले जानकारी गराएका छन् ।
अहिले सम्म सप्तरी, सिरहा, महोतरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबै भन्दा बढि १२ हजार ३ सय २५ पशुलाई खोप लगाइएको छ । सोमवार रोग विरुद्वको खोप अभियानलाई जनकपुुरधाम स्थित सिताराम गाइ गौशालामा सम्ुदघाटन गर्दै मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले मधेश सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताएका छन् ।

मन्त्री न्यौपानेले यो समस्या पहिला देखिनै भएपनि अहिले भयावह भएको बताउदै यस्ता समस्याहरु दिर्घकालिन रुपमा समाधान गर्न सरकार पहल गर्ने बताएका छन् । स्थानिय सरकारहरुले समेत रोग विरुद्वको खोप आफनो पहलमा लगाइरहेको भएपनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास मधेश सरकारको छ ।
हेर्नोस मधेश सरकारको डाटा
