एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : नेकपा एमालेले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापन पत्र बुझाउदै विभिन्न पाँच बुँदे मांग अघि सारेको छ । एमालेको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले ज्ञापन पत्र बुझाउदै मधेशमा देखिएको खडेरीको समस्या प्रति सचेत हुन ध्यानाकर्षण गराएको छ ।
एमालेको मागमा तत्काल मधेशलाई सुख्खाक्षेत्र घोषणा, लम्पि स्कीन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन र किसानलाई क्षतीपुर्ती, किसानलाई मल खाद्यको सरल सहज उपलब्धता, यस वर्षको बिजुली बिल सरकारले तिरिदिनुपर्ने र आठवटै जिल्लामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने एमालेको मांग छ ।
जवाफमा मुख्यमन्त्री यादवले मधेशमा परेको रौदी प्रति सरकार जानकार र गम्भिर रहेको भन्दै केहि दिनमै केहि निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
हेर्नोस एमालेको ज्ञापनपत्र