एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ : जनकपुरधाम उमहानगरपालिका वडा नं. ७ जानकी नगर स्थित श्री रामजानकी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सो वडाका वडा अध्यक्ष निरज कुमार साह मुन्नानै चयन भएका छन् ।
विद्यालयको कुल १ सय ४७ अभिभावक मध्ये शुक्रवार १ सय अभिभावकको उपस्थितीमा भएको अभिभावक भेलाले वडा अध्यक्ष साहलाई नै विद्यालयको पनि जिम्मा लगाएर अध्यक्षमा चयन गरेका छन् ।
एक अभिभावकले भने, ‘हुन त अभिभावकबाट हुनुपर्ने हो तर मतभेद भएपछि वडा अध्यक्ष मुन्ना जी नै सबैको रोजाईमा सर्वसम्मत हुनुभएपछि सहज तरिकाले अध्यक्ष चयन भयो ।’
समितिको सदस्यहरु तोक्ने जिम्मा समेत वडा अध्यक्ष साहलाई नै दिइएको छ । वडा अध्यक्ष साहले छिट्टै समितिलाई पुर्णता दिइ विद्यालयको विकासको कामलाई तिब्रता दिइने बताए । २०५० सालमा स्थापना भएको सो प्रावि विद्यालय निमावी हुदै केहि दिन अगाडी मात्र वडा अध्यक्ष सहितकै पहल र अगुवाईमा माविमा स्तरोन्ती गरिएको छ ।