एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९ : करिव ३३ वर्ष पुरानो जनकपुरधामको श्री महाविर युवा कमिटिको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा यसपालि मात्र दुईजना बिच प्रतिस्पर्धा हुने भएको छ । मंगलवार मनोनयनको समय सिमा भित्र अध्यक्ष पदमा अजय गुप्ता र दिप नारायण प्रसाद साह मात्र दुईजनाको उम्मेदवारी परेको बताइएको छ ।
गुप्ता तेस्रो पटक अध्यक्ष पदमा भिडन लागेको हुन । उनी यस अगाडि महासचिव कुशलता पुर्वक चलाईसकेका छन् भने विभिन्न समिति र उपसमितिको संयोजक भएर पनि काम गर्दै आएका छन् । महासचिव पछिको निरन्तर दुई निर्वाचनमा पनि अध्यक्ष पदमा भिडदै झिनो मतान्तरले पराजित भएका गुप्ता पुनः तेस्रो पटक अध्यक्षका प्रत्यासी बनेका हुन ।
अध्यक्षका अर्का उम्मेदवार साह भने अध्यक्ष पदमा पहिलो पटक भिडदै छन् । उनी यस अगाडि कोषाध्यक्ष भएर कमिटिमा काम गरेका छन् । अर्को मुख्य पद महासचिवमा भने चारजनाको उम्मेदवारी परेको छ । महासचिवमा गणेश युवा कमिटिका पुर्व अध्यक्ष र जनकपुरधामको वडा सदस्य समेत भएर काम गरेका सन्तोष कुमार साह, दिपक यादव, चन्दन भगत नागवंशी र भरत साहले उम्मेदवारी दिएको छ । उपाध्यक्षमा भने सरोज कुमार चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको हो ।
दुई वर्षको कार्यकालका लागि अगामि १३ गते हुन लागेको निर्वाचनमा ४ सय २९ जनाले मतदान गर्ने निर्वाचन समितिका संयोजक युवा नेता राकेश विक्रम साहले बताए । कमिटिले जनकपुरधामको प्रसिद्व माँ राजदेवी मन्दिरको व्यवस्थापनका सम्पुर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ । जनकपुरधाममा विजयादशमीमा लाग्ने भब्य मेलाको सम्पुर्ण जिम्मेवारी कमिटिकै नेतृत्वमा हुने गर्दछ ।
हेर्नोस कुन पदमा कस्को उम्मेदवारी ? उम्मेदवारको अन्तिम नामावली