एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९ : नेपाली कांग्रेसकी नेतृ प्रतिनिधीसभा सदस्य आरजु राणाले प्रेस युनियन सहित कांग्रेसका युवा दस्तालाई प्रविधी सक्रिय बनाई मिडिया र समाजिक सञ्जालमा पार्टीको गतिविधी बढाउन नेता कार्यक्रताहरुलाई आग्रह गरेकी छिन् ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा सभापती तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहेकी राणाले भनिन, ‘६० कटेका साथीहरु संग सम्भव पनि छैन, त्यसैले प्रेस युनियन र युवा नेता कार्यक्रताहरुलाई बरु यन्त्रहरु सहयोग गरेरै भएपनि समाजिक सञ्जालमा पहुँच बढाउनु पर्छ ।’
राणाले देशमा देखिएका नयाँ पार्टीहरु संग केहि पनि नरहेको त्यै पनि उनीहरु चुनाव जित्दा आफुलाई आश्चर्य लागेको समेत बताईन । राणाले भनिन, ‘मलाई त डर पनि लाग्यो कि यो के भइरहेको छ, जनता कता जादैछ ? भनेर ।’ मर्ने र मार्ने बेलामा पनि देशमा एक मात्र पार्टी कांग्रेस नै रहेको स्मरण गर्दै उनले कांग्रेसको लगानी र योगदान मिडिया र समाजिक सञ्जालमा न्युन आउने गरेको बताइन ।
विपक्षी पार्टीहरु मिडिया र समाजिक सञ्जालको कस्तो सदुपयोग र हाम्रो विरुद्व दुरुपयोग पनि गरिरहेको छ भन्दै उनले दुरुपयोगकै परिणाम स्वरुप आफु विरुद्वको अडियो भाइरल गरि मेरो र देउवाजीलाई डिस्टर्व गर्ने काम भएको बताईन । भुटानी शरनार्थी सम्बन्धित त्यस्ता धेरै अडियोहरु रहेछ तर त्यो एक मात्र अडियो जस्मा मेरो नाम पनि नियोजित रुपमा लिएको रहेछ त्यसलाई प्रोपगण्डा बनाएर राजनितिक तनाव दिनका लागि त्यो गरिएको उनको तर्क थियो ।
कार्यक्रममा प्रेस युनियन मधेश प्रदेशका ईन्चार्ज अनिल कुमार कर्णले पार्टीमा पत्रकारहरुको योगदान र लागानीको मुल्याङ्कन हुनु नसकिरहेको बताएका थिए भने पार्टी मधेश प्रदेश सभापती कृष्ण प्रसाद यादवले कांग्रेस एक्लै चुनावहरु नलडुन्जेल सम्म संगठन निर्माण असम्भव रहेको बताएका थिए । यादवले भने, ‘माओवादीका नेता आएर म तपाईलाई भोट दिएको हुँ मलाई काम दिनोस भनेर थर्काउछ, वास्तवमा भोट त दिएको हो अनि म के गर्ने आफनो कार्यक्रतालाई छोडदिने ?’ उनको प्रश्न थियो ।
सो अवसरमा प्रेस युनियनका नेताहरु अनिल कुमार कर्ण, शैलेन्द्र झा सहितकाले पार्टी मधेश सभापती यादव, उपसभापती सिंह, प्रतिनिधीसभा सदस्य रामहरी खतिवडा, पत्रकार एवं युवा अगुवा विकास ठाकुर राणा सहितका नेताहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा पार्टी मधेशका उपसभापती तथा मन्त्री विरेन्द्र प्रसाद सिंह, प्रतिनिधीसभा सदस्य रामहरी खतिवडा, प्रदेश सांसद शेषनारायण यादव, कुमरकान्त झा सहित प्रदेश सांसद, विभिन्न जिल्लाका पार्टी सभापती, पालिकाका मेयरहरु सहित नेता कार्यक्रताहरुको उपस्थिती थियो ।