एसपी रिपोर्टर
काठमाण्डौं, वैशाख १९ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जित विवादले बामपन्थी सरकारकै भविष्यमाथि प्रश्न उठ्न थालेपछि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सक्रियता बढाएकी छन् । यान्छीले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् भने शुक्रवार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेटिन् ।
महामारीको भय त्रास रहेको देश नेपाल यस्तै वेला राजनीतिक विवादका कारण अस्थीर बनेका बेला चिनियाँ राजदूतको सक्रियतालाई अर्थपूर्ण ढंगले हेरिएको छ । भेटघाटको विषय भने खुल्न वाँकी छ ।