एसपी रिपोर्टर
काठमाण्डौं, असार २२ : प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैदेशिक रोजगारीको क्रममा भइरहेको गलत क्रियाकलाप विरुद्व काठमाण्डौंमा प्रदर्शन गरेको छ । आजपाको युवा संगठन आइटी आर्मीको नेतृत्वमा भएको प्रदर्शनमा कामदार लुटन पाइदैन, भ्रष्ट मैनपावर चाहिँदैन ! फ्रि भिसा – फ्रि टिकट लागु गर ! भ्रष्ट मैनपावर कम्पनीलाई खारेज गर जस्ता नाराहरु लागेका छन् ।
काठमाण्डुको कोटेश्वर–बालकुमारीमा आईटी आर्मीले विशाल प्रदर्शन गरेका छन । वैदेशिक रोजगारमा भइरहेको ठगी रोकन तथा ठग मैनपावर र एजेंटलाई कारबाही गर्न भएको प्रदर्शनमा हजारौको सहभागिता रहेको थियो । आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा भएको विरोध र्र्यालीमा युवाहरुको सहभागिता थियो ।
उपत्यका स्तरीय भेला सम्पन्न
काठमाण्डौंमै भएको पार्टीको उपत्यका भेलामा पुर्व मन्त्री समेत रहेका अध्यक्ष साहले भने, ‘नेपालमा लुटतन्त्र छ, जो जातपात, परिवारवाद र अवसरवादको रुपमा जारी छ ।’ उनले देशमा जनताको लागि काम गर्ने पार्टीको रुपमा कुनै पनि दल स्थापित हुन नसकेको भन्दै त्यसतर्फ लाग्न नेता कार्यक्रताहरुलाई निर्देशन दिएका छन् ।’
सो भेलाबाट निरज गौतमको नेतृत्वमा ५१ सदस्यीय उपत्यका समन्वय समिति गठन समेत गरिएको छ ।