एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ : तराई मधेश र महिला प्रधान चलचित्र ‘राजागन्ज’ को अधिकांश छायाकंन जनकपुरधाम क्षेत्रमा हुने बताइएको छ । मिस नेपाल निकिता चण्डक, ‘दयाहाङ राई र आशा मगराती जस्ता कलाकारहरुको मुख्य भुमिका रहने चलचित्रमा तराई मधेशको विभिनन परिवेश र महिला पनि धेरै थोक गर्न सक्छ भन्ने भाव सहित बन्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
रामबाबु गरूङद्वारा निर्मित पुलिस थ्रिलर चलचित्र “राजागन्ज”मा अभिनय गर्न लागेकी मिस नेपाल उर्लाबारीकी चण्डकले कक्षा ९ मा पढ्दा एउटा स्कूले नाटकमा भाग लिएपछि अभिनय गर्ने शोख बसेको बताइन् । त्यसदेखि नै कलाकारको रूपमा आफ्नो करियर अघि बढाउन उनी लागि परेकी छन् । “राजागन्ज”मा अभिनय गर्ने सम्बन्धमा उनी भनिन, ‘दयाहाङ राई र आशा मगराती जस्ता अनुभवी कलाकारहरूसँग काम गर्न पाउँदा उत्साहित र नर्भस दुबै छु ।’ उनी सन् २०१७ को मिस नेपाल उपाधिकी विजेता हुन् ।
चण्डकले कोकाकोला, हुवाई, यमाहा फसिनो जस्ता ब्राण्डका लागि मोडलिङ गरिसकेकी छन् । भर्खरै मात्र उनले कोन्सटन्टिन बोजानभ निर्देशित “द शेमलेस” नामक चलचित्रमा अभिनय गरेकी छन् । चलचित्रको निर्देशन “सेतो सूर्य” र “हाईवे” जस्ता अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त फिल्मको निर्देशन गरेका दीपक रौनियारले गर्दैछन् । उनका यसअघिका फिल्मले प्रशस्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउनुका साथै विश्वभर गरिएका थिए ।
“सेतो सूर्य”मा उनको कामलाई “द न्यू योर्क टाइम्स”ले “हेर्नुपर्ने नयाँ ९ निर्देशकहरू” को सूचीमा राखेको थियो । प्रख्यात ब्राजिलियन लेखक पाउलो कोहेलोले “सेतो सूर्य” लाई सार्वजनिक रूपमै प्रशंसा गरेका थिए । रौनियारको नयाँ चलचित्र “राजागन्ज” कम समयमा बाँधिएको पुलिस थ्रिलर हो जसमा आधुनिक नेपाली सिनेमामा पहिलोपटक दुई महिला नायिकाले मुख्य भूमिका खेल्दै छन् ।
“कबड्डी” र “जारी” जस्ता हिट सिनेमा दिएका निर्माताले नै यो फिल्मलाई निर्माण गर्दै छन् । निर्माता गुरुङ भन्छन्, ‘गएको १० वर्षमा दीपकले आफ्नो सिर्जनशीलता प्रमाणित गरिसकेका छन् ।’ दीपकसँग मेरो दोस्ती हामी दुवै भर्खरै सिनेमा बनाउन थाल्दा देखिको हो भन्दै उनले उनीसँग यतिखेर काम गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनले भने, ‘यो फिल्म नेपाली सिनेमामा एउटा कोसेढुङ्गा हुनेछ र यो फिल्मले बाँसुरी फिल्म्सको पोर्टफोलियो बढाउँछ भन्ने कुरामा मलाई खुशी लागेको छ ।’
आदी फिल्म्स र बाँसुरी फिल्म्स प्रोडक्सनले यो फिल्मलाई सँगै प्रस्तुत गर्दैछन् । फिल्मको सुटिङ जुलाई २८ बाट जनकपुरधाममा हुँदैछ र एक महिना लगाएर सुटिङ्ग सकिने छ । यो चिलचित्रमा मगराती, चण्डक र राई सहित ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ्गका साथै जनकपुरधामका स्थानिय कलाकारहरु प्रमेश झा, घनश्याम मिश्र, आरती मण्डल र पुष्षा यादवले समेत अभिनय गर्दैछन् ।