एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १९ : जनकपुरधामका विद्यार्थीहरु अव घरमै बसेर पढन पाउने भएका छन् । तत्काल जनकपुरधामवाट प्रशारित दुईवटा टेलिभिजनले प्रत्येक शिक्षकहरुको क्लासको प्रशारण गर्ने छ । प्यावसन र एनप्यावसनको संयुक्त प्रयासमा जनकपुरधामको टाइम्स टेलिभिजन र जनकपुर टेलिभिजनवाट विहान ११ बजे देखि २ बजे सम्म शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउने प्यावसनका अगुवा शिक्षक विश्वलाल सिंहले बताए ।
कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई ११ बजे देखि २ बजे सम्म कापी कलम लिएर टेलिभिजन अगाडि बस्न आग्रह गर्दै एन प्यावसनका धनुषा उपाध्यक्ष आशिष झाले अभिभावकहरुलाई समेत त्यस्तो वातावरण बनाई दिन आग्रह गरेका छन् । विद्यार्थीलाई मोबाइल दिदाँ गलत प्रयोग हुन सक्ने र मोबाईल प्रविधीवाट गरिव विपन्नका बालबालिका पढन अप्ठयारो समेत हुने भएकाले टेलिभिजनलाई राजेको झाले बताए । मुख्य पाँच विषयहरु नेपाली, अंग्रेजी, गणित, विज्ञान र समाजिक पढाइने छ ।
कोरोना भाइरस महामारी जोखिम नियन्त्रणका लागि सरकारले लगाएको बन्दाबन्दीका कारण करिव ४० दिन देखि पठन पाठन ठप्प छ भने सम्पुर्ण सेवाहरु समेत बन्द छ । निरन्तर लामो समय सम्म पठन पाठन बन्द हुँदा विद्यार्थीको मनस्थिती डाइभर्ट हुन सक्ने भएकाले सक्दो आर्थिक सहयोगमा यो प्रयास थालिएको संगठनहरुको भनाई छ । यो प्रयासमा सहयोग गरेका टेलिभिजन परिवारहरुप्रति संगठनहरुले आभार समेत व्यक्त गरेका छन् ।
विस्तृत जानकारीका लागि तलको भिडियो हेर्नुहोस
https://www.facebook.com/imdipendra/videos/3710568742317477/