एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह आफुलाई असुरक्षित महशुस भइरहेको बताएका छन् । बुधवार विहान २ बजे पश्चात अज्ञात समुहले उनको पिडारीचौक स्थित निवासको मुल गेटमा बियरका बोतलहरु प्रहार गरेर थुपारेको देखाउदै उनले आफनो पछाडि कोहि लागेको र आफुलाई अव असुरक्षा महशुस हुन थालेको बताएका छन् ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय कोषाध्यक्ष र चर्चित रेडियो कार्यक्रमका प्रस्तोता साहले भने, ‘राससका प्रशासन प्रमुख मित्र शितल महतो जीको छोरीको बिहेमा स परिवार बाबाको ढावा होटलमा थियौं विहान १ बजे घर पुग्दा केहि थिएन ।’ उनले आफुहरुलाई कसैले पछयाएको र सफल हुन नसकेपछि घरको अगाडि बोतल फोडेर गएको आशंका व्यक्त गरेका छन् ।
जनकपुरधामको सार्वजानिक महत्वका सम्पदा र सम्पतीका लागि आफु अडानका साथ अगाडि बढिरहँदा आफु माथी चौतर्फी घेरा बन्दीको प्रयास हुन थालेको उनको जिकिर छ ।

बुधवार बिहान धनुषा प्रहरीका डिएसपी वेद प्रसाद गौतम सहितको प्रहरीको टोली उनको घर पुगेर घटनाको निरिक्षण गर्दै घरको सिसिटिभीहरु चलायमान राख्न आग्रह गरे । उनले धनुषा प्रहरी गम्भिरताका साथ सुरक्षा व्यवस्थाका लागि प्रतिवद्व रहेको भन्दै सचेत रहन आग्रह गरे ।