एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ : धनुषामा रहस्यमय मृत्युभएको आरती साहको न्यायको माग गर्दै माइत (नैहर) पक्ष र स्थानीयवासीले जनकपुरधाम तथा काठमाडौँमा प्रदर्शन गरेको छ । गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो ।
धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइत पक्ष तथा स्थानीयवासीले धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् । निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको छ । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न पनि उनीहरूले गरेका छन् ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका छन् । उनीहरूले आइतबार नै काठमाडौमा पनि धर्ना दिएका छन् । धर्ना स्थलमा सदभाव दर्शाउन पुगेका लोसपाका युवा नेता अनिल महासेठले भन्छन, ‘जनकपुरधाममा न्याय महङ्गो जस्तो हुन थाल्यो यो बिडम्वना हो ।’

उनले पिडित परिवार प्रति धनुषा प्रहरीको नेतृत्वकर्ताहरुले देखाएको व्यवहार प्रति दु:ख व्यक्त गर्दै जनकपुरधाममा पुन: शक्तिको आधारमा न्याय मिल्ने स्थिती आएको हो ? भन्ने प्रश्न गरेका छन । हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि काठमाडौँमाम धर्ना सुरु गरेका हुन् । गत जेठ ७ गते धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको हो ।
उनको दाइजोकै कारण हत्या गरिएको माइत पक्षको आरोप छ । नगराइन नगरपालिका–८ खिरखिरिया नैहर भएकी आरतीको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर घाँटी थिची हत्या गरेको मृतकका आमको आरोप छ । आरतीको विवाह दुई वर्ष अगाडी भएको थियो ।
दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाब दिँदै आएको पनि मृतकका आमाको आरोप छ । यता, केटा पक्षले आफूहरूले हत्या नगरेको दाबी गर्दै आएको छ ।