एसपी रिपोर्टर
जनकपुरधाम, असार २ : आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले मधेशमा लोकतन्त्र त कुरै नगरौं भन्दै यहाँ दलतन्त्र पनि नरहेको बताउदै मधेश जातिय बर्चश्ववादीहरुको कब्जामा जान थालेको बताएका छन् । जनकपुरधाममा पार्टीका नेता कार्यक्रताहरुलाई प्रशिक्षण दिने क्रममा उनले केहि बर्चश्ववादीहरु आफनो कमाई र रोजगार बचाई राख्न देश र मधेशले प्राप्त गरेको उपलब्धी बचाउनुपर्ने भन्दै जनताको कुनै पनि हिसावले हित नहुने वर्तमान अवस्थालाई सफलताको रुपमा चित्रण गरिरहेको बताउदै उनले मधेशसंग भइरहेको गद्दारीलाई सफलताको रुपमा देखाउने प्रयत्न भइरहेको बताए ।
उनले मधेश सरकारको मुख्यमन्त्रीले महिनै पिछे बिश्वासको मत लिनु र एक सांसद समेत विपक्षमा नहुनु जादीवाद र अहंकारवाद रहेका भन्दै जनताको पक्षमा बोल्ने कोहि नभएपछि मधेश बर्बादको बाटो तर्फ लागि रहेको बताए । उनले मधेशमा दलतन्त्र भन्दा पनि बर्चश्ववाद र जातीवाद हावी हुदै गएको भन्दै यस्ले जनताको भलो नहुने बताए । उनले भने, ‘महिने पिछे एकै व्यक्तिले बिश्वासको मत लिइरहेका छन, कहिले कांग्रेस त कहिले एमाले विपक्षमा हुँदा पनि मत दिइरहेका छन, यो के हो ? कुनै प्रदेश वा अन्य देशमा यस्तो सुन्नु भा छ ?’

मधेशको भुगोल मात्र होइन संस्कृती, संस्कार, चाडपर्वमा दिइने पहिचानवादी बिदाहरु समेत अव कटौती भएर आठ जिल्लामै सिमित भएको भन्दै हालको अवस्था कुन हिसावले मधेशको हितमा छ भन्ने कुराको बहस हुन आवश्यक रहेको उनको भनाई छ । पहिला मधेश केन्द्रित कुनै बिदा २२ जिल्लामा हुन्थ्यो अहिले आठ जिल्लामा मात्र हुन्छ उनले भने ।
सो अवसरमा पार्टीको धनुषा ईन्चार्ज श्रीलाल महासेठले व्यवस्थापिकाले बनाएको कानुन न्यायपालिकाले नमान्नु शंकाष्पद र अनौठो भएको बताए । सो अवसरमा पार्टीको धनुषा र महोतरीका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।