एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : अगामि जेठ ३१ गते हुने भनिएको राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण स्थागित भएको छ । भ्रमणको व्यवस्थापनको पहलकदमी लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण र त्यससंग सम्बन्धित सम्पुर्ण कार्यक्रम र छलफलहरु स्थगित भएको जानकारी दिएका छन् ।
एसपी खवरसंगको कुराकानीमा उनले भने, ‘भ्रमणको विषयमा वृहत छलफलका लागि भोली बुधवार विहान धनुषाका सबै सांसद र पालिका प्रमुख लगायतकालाई बोलाएका थियौं त्यो पनि स्थगित भएको छ ।’ हाललाई भ्रमण सम्बन्धित जानकारी गराइएका सम्पुर्ण कार्यक्रम र बैठक समेत स्थगित भएको उनले जानकारी गराएका छन् ।
भ्रमण तत्काल स्थगित भएको र समय अनुकुल मिलाएर वहाँको जनकपुरधाम भ्रमण छिट्टै हुने पनि उनले बताए ।