एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० : जेष्ठ ३१ गते जनकपुरधाम आउन लागेका नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा भब्य नागरिक अभिनन्दन हुने सर्वदलिय सर्वपक्षिय सहमती भएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको राजर्षिजनक सभाहलमा प्रतिनिधीसभा सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीको पहल र जनकपुरधाम उपमहामनगरपालिकाद्वारा आयोजित सर्व दलिय सर्वपक्षिय बैठकमा सहभागिहरुले तिरहुतिया गाछीमा राष्ट्रपति पौडेललाई भब्य स्वागत र नागरिक अभिनन्दन गर्नुपर्ने प्रस्ताव राखे ।
राष्ट्रपतिको जनकपुरधाम भ्रमणका विषयमा जानकारी गराउदै पुर्व उपप्रधान तथा गृहमन्त्री नेता निधीले राष्ट्रपति पौडेलको जनकपुरधाम आएर जानकी मन्दिरमा पुजा र दर्शन गर्ने पहिला देखिकै ईच्छा व्यक्त रहनुको साथै राष्ट्रपति पौडेल नागरिकता विद्येयक प्रमाणीकरण गरेर मात्र जनकपुरधाम जाने अठोट समेत लिएकाले नागरिकता विहिन लाखौं युवाहरुको समस्या समाधान गरि आउन लागेका उनको जनकपुरधाम र मधेशवासीले भब्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबैदलले सहमती जनाएको छ ।
जनकपुरधामका मेयर मनोज साहको समेत उपस्थिती रहेको भेटमा राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणीकरण गरेर मात्र मधेश जाने भन्दै आएकोमा उनको जेठ ३१ गते भ्रमण हुन गइरहेको बताउदै निधीले राष्ट्रपतिले जनतालाई कुनै पनि मर्का नपर्ने गरि व्यवस्था मिलाउन समेत भनेको बताए । सो अवसरमा प्रदेशसभा सांसद रामसरोज यादव र दिपेन्द्र ठाकुरले पनि राष्ट्रपतिको भ्रमण सुखद रहेको बताउदै भब्य र व्यवस्थित बनाउन आफुहरु प्रदेश सरकारलाई समेत यस्मा सहभागी गराउन पहल कदमी लिने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले धनुषाको सबै प्रत्यक्ष र समानुपातिक सांसदहरु सहितको मुल समिति बनाएर त्यसका अधिनमा अन्य उपसमितिहरु बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पुजापाठ देखि तिरहुतिया गाछीमा हुने भब्य स्वागत र नागरिक अभिनन्दनको कामका लागि तयारी गर्ने सर्वसम्मत निर्णय भएको बताए ।
साथै बैठकबाट नागरिकता विद्ययेक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मुल समारोह समितिले निर्णय गर्ने जनकपुरधामको एक चौकमा राष्ट्रपतिद्वारा काठमाण्डौंको माइतीघर मण्डलामा रहेको जस्तै देशको ठुलो झन्डा ठडयाएर फहराउने निर्णय समेत भएको छ । विमानबाट जनकपुरधाम आउने राष्ट्रपतिलाई विमानस्थल देखि जानकी मन्दिर र मन्दिर देखि पुन: तिरहुतिया गाछी सम्म पुग्ने क्रममा सडकको दुवै छेउको पेटीमा राष्ट्रिय झन्डा सहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आ आफनो कार्यक्रता र समाजलाई परिचालनमा भुमिका निर्वाह गर्ने पनि सहमती भएको छ ।

कार्यक्रममा जनकपुरधामका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहित हरेक दलका नेताहरु सहित नागरिक अगुवाहरुको उपस्थिती थियो ।