एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ : मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मीहरु कामकाज छोडेर अन्दोलित हुदै धर्नामा बसेका छन् । स्वास्थ्यचौकीमा कामकाज रोकेर उनीहरु नगरपालिकाको कार्यालय प्राङ्गण तारापट्टीमा मेयर राजेन्द्र प्रसाद यादवको कार्यकक्षा अगाडि धर्ना दिइरहेका छन् । आफुहरुले महिनौ देखिको तलव नपाएको उनीहरुको गुनासो छ ।
यो कस्तो स्थानिय सरकार हो ? अरु क्षेत्रका कर्मचारीहरु तलव धमाधम पाइरहेको छ तर हाम्रो तलवको करिव ८ महिना देखि कुनै अत्तोपत्तो छैन, आन्दोलित स्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा भने । जनकपुरधामबाट दैनिक काम गर्न स्कुटीमा आउने स्वास्थ्यकर्मी नर्श राधा साहले भनिन, ‘स्कुटरमा पेट्रोल हाल्न, घरभाँडा तिर्न पैसा छैन, सबैले तलव पाउँछ हामी स्वास्थ्यकर्मीहरुको तलव नै आएन रे ।’
स्वास्थ्यकर्मीका अगुवा शंकर मण्डलले मन्त्रालयबाट तलव नआएकाले खुवाउन नसकिएको आफुहरुलाई जवाफ दिइने गरेको र समस्या समाधानमा कुनै चासो नदेखाइएपछि आन्दोलित हुन परेको बताउछन् । एता नगरपालिका प्रमुख यादवले दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएपछि यसअघि पनि तलवमा अवरोध भएको र पछि मन्त्रालयले तलवको व्यवस्थापन गरिने भन्दै तत्काल काममा खटाउन भने पनि अहिले तलव नपठाएपछि समस्या भएको बताए । उनले भोली बैठक बसेर सम्बन्धित निकाय र पक्ष संग छलफल गरि समाधानको बाटो निस्कने बताए ।