एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ : जनकपुरधाममा पत्रकारिता गर्न इच्छुक नयाँ विद्यार्थीहरुको क्षमता अभिवृद्विका लागि पत्रकारिता सम्बन्धी तालिम आरम्भ भएको छ । प्रकाशक महासंघ जनकपुरधामको आयोजनामा सुरु भएको तालिममा २० जना प्रशिक्षार्थीहरुलाई तालिम दिइने महासंघले जनाएको छ । तालिम पाँच दिन सम्म चल्ने छ ।
तालिमको शुभारम्भ गर्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रपत्रिकाहरुलाई प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन कटौतीका कुरा असान्दर्भीक रहेको बताए । पत्रकारिता र सञ्चारलाई दक्ष बनाउनुपर्नेमा झन सुविधा कटौतीको कुरा असान्दर्भीक रहेको उनको कथन छ ।

कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकारहरुले बदल्दिो परिस्थितीमा आधुनिक सेवा सुविधा बढे पनि पत्रकारिताको गुणस्तर घटदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा वरिष्ठ पत्रकारहरु रामभरत साह, बिएम खनाल, राजेश कर्ण, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, पत्रकार एवं जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह, पत्रकार अवधेश कामत, अर्जुन क्षेत्री महासंघका अध्यक्ष शंकर साह, महासचिव उपेन्द्र भगत नागवंशी, कोषाध्यक्ष धर्मा मण्डल सहितकाले आ–आफनो धारणा राखेका थिए ।