एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा बहुप्रतिक्षित नागरिकता विद्ययेक प्रमाणिकरण गरेपछि नेपाली कांग्रेस जनकपुरधाम स्वागत गर्दै खुसीयालीमा दिप प्रज्वलन गरेको छ । कांग्रेसका कार्यवाहक जनकपुरधाम नगरसभापती राकेश विक्रमको अगुवाईमा नेपाली कांग्रेसका नेता कार्यक्रताहरुको सक्रियतामा जानकी मन्दिर प्राङ्गणमा भएको दिप प्रज्वलनमा उनीहरु राष्ट्रपतिलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् ।

कांग्रेसबाट राष्ट्रपति बनेका हाम्रो सम्माननिय राष्ट्रपति ज्यूले मधेशको मुल समस्या प्रति गम्भिरता पुर्वक ध्यान दिएर यो कदम चाल्नु भएकोमा हामी धन्यवाद दिन्छौं साहले भने मधेशका युवाहरुको मुख्य समस्या सामाधान भई रोजगार र रोजीरोटी तथा दैनिकी सहज हुने भएको छ । सो अवसरमा कांग्रेसका युवा नेताहरु नेतृहरु सहितको उपस्थिती थियो ।

