एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : नेपाली कांग्रेसका पुर्व उपसभापती तथा प्रतिनिधीसभा सांसद विमलेन्द्र निधीले राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार गरेको नागरिकता विद्ययेक प्रमाणिकरणको स्वागत र प्रशंसा गरेका छन् ।
बुवा र आमा दुवै जना नेपाली नागरिक भएरपनि सन्तानहरु नागरिकताबाट बञ्चित भई विभिन्न समस्या झेलिरहेकोहरुले समस्या समाधान भएको भन्दै निधीले खुसी व्यक्त गरेका छन् । टवीटरमा टवीट गर्दै उनले राष्ट्रपतिको कदमले संसदिय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको स्र्वोच्चता कायम भएको समेत उल्लेख गरेका छन् ।