एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झाले रासस २४ सै घण्टा सेवाका लागि तयारी गरिरहेको बताएका छन् । सेवाग्राहीसंग रासस अभियानका लागि जनकपुरधाम आएका झाले प्रविधीको यस युगमा समय र गतिको वेगमा सिमित हुने छुट नरहेकाले रासस त्यसै अनुसार अगाडी बढने तयारी गरिरहेको बताएका छन् ।
सत्य तथ्य परक समाचार पस्किदै आएको रासस अव लेख रचना, स्तम्भ सहितका स्रोतको रुपमा समेत स्थापित हुने तयारी गरिरहेको उनको तर्क थियो । समय र सेवाग्राहीको अपेक्षा तथा भावना अनुसार रासस रुपान्तरित हुदै एक सवल समाचार स्रोतको रुपमा विस्तारित हुन लागि परेको उनले बताए ।

सो अवसरमा नेपाल प्रेस युनियन धनुषा शाखाले झालाई सम्मान गरेको छ । युनियन धनुषाको अध्यक्ष राजन सिंह नेतृत्वको पदाधिकारी सहितको समुहले झालाई दोसल्ला, मायाको चिनो र सम्मानपत्रका साथ सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघको पहिलो मधेशी मुलको अध्यक्ष देखि राससको गरिमामय अध्यक्ष पद सम्मको दशकौं दशकको यात्रा, पत्रकारिता र साहित्यमा गरेको लगानी र संर्घषलाई मुल्याङ्कन गर्दै जनकपुरवासी समेत रहेको उनलाई युनियन धनुषाले सम्मान गरेको हो । अवसरमा युनियन धनुषाका अन्य पदाधिकारी तथा अगुवाहरु, रासस मधेश र जिल्लाका प्रतिनिधीहरु सहितको उपस्थिती थियो ।
युनियन धनुषाले पत्रकारिताका अग्रज झालाई प्रदान गरेको सम्मानपत्र
