एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षले प्रदेश भेला सुरू गरेका छन् । मधेस प्रदेशको जनकपुरधाममा बिहीबार भेला भएको हो । भेला उपस्थित आठवटै जिल्लाका नेता कार्यक्रताहरु आफुहरु पहिलाको कांग्रेस पर्खिरहेको र खोजिरहेको बताए । एक्लै बढने, सफल हुने कांग्रेस सपना जस्तै हुन लाग्यो नेताहरुले भने कस्को चंगुलमा कांग्रेस छ भन्ने तथ्यहरु बाहिर आउँदा समेत किन मौनता ?
भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव लगायतकाले कांग्रेस दुषित भइसकेकाले सुद्विकरण र रुपान्तरण आवश्यक रहेको बताए ।

त्यसै गरि उपस्थित नेताहरु नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवि हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाल लगायतको अगाडि नेता कार्यक्रताहरुले काग्रेसमा भ्रष्टहरु कब्जा गरेर नेतृत्वलाई समेत मुठ्ीमा लिएको भन्दै कांग्रेस रुपान्तरणमा जोड दिए ।
कांग्रेसको वर्तमान नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने भन्दै रूपान्तरण अभियानले सातै प्रदेशमा भेलाको मिति समेत तोकेको थियो । नेता भूपेन्द्रजंग शाहीले नेताहरूले आफ्ना कुरा राख्ने र प्रदेशभित्रका अगुवा कार्यकर्ताका कुरा सुन्न भेला गरिएको बताए । ‘कांग्रेसको कार्यशैली सुधार गर्नुपर्छ भन्ने अधिकांशको मत पायौं,’ उनले भने, ‘रूपान्तरण अभियानमा मानिसको चासो देखिन्छ ।’

सातै प्रदेशमा नेता/कार्यकर्तासँग र जनतासँग पनि छलफल गरिने उनले बताए । ‘नेतृत्वको कार्यशैली सुधार गर्न यसबाट पनि दबाब पुग्छ,’ उनले भने, ‘हामीले रूपान्तरण अभियान गर्दा नेता/कार्यकर्तामा उत्साह देखिएको पायौं। पार्टी सुधार गर्न अब ढिला गर्न हुन्न भन्ने सबैको धारणा छ ।’ कांग्रेसले गत वैशाख १० मा भएको उपनिर्वाचनमा तनहुँ १ गुमाएको थियो ।
गत मंसिरको चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेल यो क्षेत्रबाट विजयी भएका थिए । गठबन्धन गर्दा पनि कांग्रेसले गत निर्वाचनहरूमा अपेक्षाअनुसार मत ल्याउन सकेको थिएन । कांग्रेसले गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठकसमेत राखेको छैन । नीति अधिवेशन, चुनावी समीक्षा, भ्रातृ संघसंस्था र विभागलाई पूर्णता दिनेजस्ता काम सभापति शेरबहादुर देउवाले अघि बढाएका छैनन् । कांग्रेस रूपान्तरण अभियानले सभापति र पार्टीका पदाधिकारीलाई प्रदेश भेलाहरूमा नबोलाउने भएको बताएको छ ।

गत जेठ २ गते कांग्रेस रूपान्तरण अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रदेश भेला गर्ने र अभियानका लागि संयोजकसमेत तोक्ने निर्णय गरेको थियो । मधेस भेलाका लागि अभियानले नेता रञ्जित कर्णलाई संयोजक बनाएको थियो ।